Aamsanchar

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको मृत्यु, ७९ जनाभन्दा धेरै घाइते

Author Image
आइतवार, साउन ३१, २०७८

काठमाण्डौ – लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर विस्फोटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ ।

लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फोटको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ । उहाँले गएको वर्ष बेरुतमा बन्दरगाहामा भएको विस्फोटको घटनालाई जोड्दै अहिलेका राष्ट्रपति र सरकारी अधिकारीको राजीनामाको माग गर्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर