Aamsanchar

प्रकाश शर्माको उपचार्थ चारपानेका साह दम्पतीले दिए २५ हजार ५ सय २५ रुपियाँ

Author Image
मङ्गलवार, भदौ १, २०७८

चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर, २ चारपानेका दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि चारपाने स्थित साह मेडिकल तथा साह प्याथोलोजी एण्ड डाइग्नोस्टिक सेन्टरका संचालक दम्पति शिवप्रसाद साह र सुस्मा साहले २५ हजार ५ सय २५ रुपियाँ सहयोग गरेका छन् ।

मंगलबार आफ्नै मेडिकल हलमा साह दम्पतीले उपलब्ध गराएको उक्त रकम ‘प्रकाश बचाउ अभियान’का सदस्यहरु किरण पौडेल र लक्ष्मीप्रसाद घिमिरेले बुझेका छन् । रकम बुझदै सदस्य पौडेलले साह दम्पतीलाई धन्यावाद दिएका छन् ।

अती विपन्न परिवारका शर्माको अबस्थाबारे आमसंचार डटकमले समाचार बाहिर आएपछि देश विदेशबाट सहयोग जुट्ने काम भई रहेको । व्यक्तिगत र संस्थागत गरि हाल सम्म ४ लाख भन्दा माथी सहयोग रकम जम्मा भईसकेको पौडेलले आमसंचारलाई जानकारी दिएका छन् । प्रकाशको उपचारको लागि १२ लाख देखि १५ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

यसरीनै मानव सेवा र समुदाय प्रतिको सद्भाव, स्नेह राख्ने मनकारी हरुबाट सहयोग जुटदै जाने हो भने अबको एक हप्तामा करिव १० लाख रुपियाँ सहयोग रकम जुट्नेमा प्रकाश बचाउ अभियान समिति आशावादी रहेको छ । सकेको सहयोग गरेर प्रकाशको उपचारमा होष्टेमा हैंसे गर्न सबै समक्ष अभियानका संयोजक डिल्लीराम सिटौलाले अनुरोध गरेका छन् ।

समितिले देश विदेशबाट प्रकाशलाई सहयोग गर्न सजिलो होस् भनेर विरामी प्रकाश शर्माको नाममा बैंक खाता पनि खोलेको छ । एनआईसी एशिया बैंकको खाता नंं L187001034352401 रहेको छ ।  खातावालाको पुरा नाम  (प्रकाश शर्मा) रहेको छ । विरामी तथा अभियन्ताहरुलाई भेटेर सहयोग गर्न चाहाने दाताहरुको लागि ९८४२६३३९६८र९८४११४१४१४र९८२४०७९९०३ उल्लेखित नम्बरमा फोन गर्न सकिने बताएको छ ।

तलको समाचार  पनि हेर्नुहोस् ।

समाचार प्रभाव : ‘प्रकाश बचाउँ अभियान’ समिति गठन

झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 450

प्रतिक्रिया (०)