Aamsanchar

अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा अफगानि फुटबल खेलाडीको ज्यान गएको पुष्टि

Author Image
शुक्रवार, भदौ ४, २०७८

काठमाण्डौ-गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा टोलीका खेलाडी थिए । उनको ज्यान कहिले गयो भन्नेबारे थप खुलाइएको छैन ।

विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए । काबुल विमानस्थलको भीडमा उनी पनि पुगेका थिए । विमानस्थलमा अमेरिकी सेनाको कार्गो विमान उड्न लाग्दा धावनमार्गमा सयौँ मानिस दौडिरहेका थिए ।

कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए । विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो । विमानबाट कति जना खसे भन्ने यकिन जानकारी भने छैन । घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर