Aamsanchar

तालिबानले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार गरेको एम्नेस्टीको दाबी

Author Image
शुक्रवार, भदौ ४, २०७८

काठमाडौं – माानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ ।

बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका ९ पुरुषको हत्या भएको उल्लेख छ । तालिबानले गत आइतबार काबुल नियन्त्रणमा लिएको थियो । एम्नेस्टीले गजनी प्रान्तमा भएको घटना तालिबान शासनको ‘खतरनाक संकेत’भनेको छ । बीबीसीका अनुसार हजार अफगानिस्तानको तेस्रो ठुलो नस्लीय समूह हो । शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायमाथि सुन्नी बहुल अफगानिस्तान र पाकिस्तानमा दशकौँदेखि शोषण हुँदै आएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर