Aamsanchar

मृगौला पिडितलाई सहयोग गरौं भन्दै ठगी हिड्ने एक महिला सहित तिनजना झापाली पोखरामा पक्राउ

Author Image
शनिवार, भदौ ५, २०७८

प्रतिकात्मक तस्वीर ।

ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।

यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।

कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर प¥यो, शंका लाग्यो ।

बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो । त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।

मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको प्रहरीले पत्तो पायो । त्यसपछि कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ । झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर