Aamsanchar

सुकुम्वासीका विषयमा लगत संकलन र ब्यबस्थापनमा सरकार जिम्मेवार : रवि लामिछाने

Author Image
बुधवार, वैशाख १६, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबारविहीन नबनाउने बताएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकमा उनले सुकुम्वासीका विषयमा लगत संकलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गरिरहेको बताए ।

“ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ । सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो,” उनले भनेका छन्, “देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर तत्काल काम गरिनेछ । तर, यो क्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन ।”

उनले बाढीको जोखिम र ढलको छेउमा बस्न बाध्य बनाएर ‘भोट बैंकको’ राजनीति गर्नु गलत भएको बताए ।

“सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ,” उनले भने, “सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ । तर, अनावश्यक राजनीतिकरण गर्नु हुँदैन ।”

उनले कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’को राजनीति गर्नु गलत भएको बताए ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर