Aamsanchar

तालिबान लडाकुलाई पराजित गरी अफगानिस्तान सरकारको एक गुटद्वारा तीन जिल्ला कब्जा

Author Image
शनिवार, भदौ ५, २०७८

काठमाडौं – अफगानिस्तान सरकारको एक वफादार गुटले तालिबान लडाकुलाई पराजित गरी बघलान प्रान्तका तीन जिल्ला कब्जा गरेको बताइएको छ । बीबीसी फारसीका अनुसार तालिबानबाट खोसिएका तीन जिल्ला पाली हिसार, दी सलाह र बानो हुन् । बघलान पन्जशीर प्रान्तको छिमेकमा रहेको छ । अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पन्जशीर उपत्यका तालिबानविरुद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ । लामो समयदेखि पन्जशीर उपत्यका प्रतिरोध केन्द्रको रूपमा चिनिन्छ । तालिबान लडाकुले पन्जशीरमा आक्रमण गरे त्यहाँ जम्मा भएका विरोधी समूहमा रहेकाहरूले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर