Aamsanchar

फोहोरको थुप्रोले विर्तामोड पुरिदै, दुर्गन्धले हैजा फैलिने खतरा (फोटो फिचर सहित)

Author Image
सोमवार, भदौ ७, २०७८

बिर्तामोड । झापाको बिर्तामोडको मुख्य सडक क्षेत्रको सबै ठाउँमा फोहोरको डंगुर लागेको छ । त्यस्तै शाखा, भित्री सडक क्षेत्रमा सयौं ठाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।

गत १० दिन देखि बिर्तामोड नगरपालिकाले फोहोर नउठाउदा यसरी जता त्यतै फोहोर थुप्रिन थालेको हो ।

मुख्य महेन्द्र राजमार्ग मात्र होईन शनिस्चरे रोड र भद्रपुर जाने नयाँ फोरलेन सडक किनार, जेब्रा क्रसिङ, फुटपातमा पनि फोहोर थुपारिएको छ । फोहोरका कारण सवारी साधन, पैदल यात्रीहरु,को आवगमनमा समेत असहज पैदा भएको छ ।

फोहोर मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकार बस्तु हो भनेर जान्दा जान्दै पनि बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनमा उचित ध्यान दिन नसक्दा यतीवेला बिर्तामोड दुर्गन्धीत बनेको छ ।
विर्तामोडबासीले दुर्गन्ध हावा लिन बाध्य बनेका छन् । प्रदुशित हावा, दुर्गन्धका कारण हैंजा रोग महामारी फैलिने खतरा बढेको छ । आज पानी परेकोले दुर्गन्ध फैलिन केही कम भएपनि तर एक दिन घाम लाग्ने वित्तिकै छ्यालव्याल भएको फोहोरको गन्धको कारण विर्तामोड डम्पिङ साईट झै बन्ने छ। भुसिया कुकुरले उधिनेर फोहोर यत्रतत्र छरेर अन्यत्र लग्ने गर्दा झन दुर्गन्ध फैलिएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्नकै लागि भनेर निराकार नामक एक संस्थालाई फोहोर व्यवस्थापन गर्न जिम्मेवारी सुम्पेको एक महिना भई सकेको छ । सुरुका दिनमा राम्रोसंग फोहोर उठाउदै आएको निराकारबाट अहिले फोहोर उठाउने काम रोकिएको छ । किन फोहोर उठाउने काम बन्द भएको हो भनेर आमसंचारले निराकारका संचालक रविन भट्टराई समक्ष बुझन फोन गर्दा भट्टराईले फोन उठाएनन । यसै बिषयमा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डे संग बुझने क्रममा पाण्डेले भने ‘बिर्तामोड नगरपालिकाले जहाँ जहाँ खाली भएको ठाउँमा लगेर फोहोर व्यवस्थापन गर्न खोज्यो त्यहाँ त्याहाँ स्थानियहरुले अवरोध गर्ने गरेकोले फोहोर उठाउन नसकिएको र फोहोर उठाउने विषयमा नगरपालिकाले योजना बनाईरहेको’ बताए । उनले भने ‘निराकार संगको सम्झौतामा नगरपालिकाले फोहोर थुपार्ने (डम्पिङ साईट) उपलब्ध गराउनु पर्ने भनिएकोले नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने स्थान दिन नसक्दा निराकारले फोहोर उठाउन सकेको छैन ।’ ठाउँको व्यवस्था हुने वित्तिकै निराकारले फोहोर उठाउने छ ।

‘बिर्तामोडको फोहोर व्यवस्थापन समस्या यो बर्ष र आजको मात्र होईन, भद्रगोल हुनेगरि फोहोर थुप्रिन थालेको एक दशक भन्दा धेरै भई सकेको छ ।’ ‘नगरपालिका भएपछि फोहोरको उचित ढंगले व्यवस्थापन होला भन्ने सोचेका थियौं जनप्रतिनिधीहरुले फोहोर व्यवस्थापनलाई मुख्य एजेण्डा बनाएर भोट माग्ने, घोषणा पत्र बनाएर चुनाव जिते, व्यसायीको छाता संगठन बिर्तामोड उद्योग बाणिज्य संघमा पनि फोहोर व्यवस्थापन, स्वक्ष, शुन्दर बिर्तामोडको नारा गुन्जयमान बनाएर व्यवसायीहरुले चुनाव जिते तर उद्योग बाणिज्य संघका पदाधिकारीहरु पनि मौन छन् ।’ नगरपालिका भने नागरिक उपर दोष देखाएर पन्छिने काम गरिरहेको छ । यस्तो हुनु दुःखको कुरा भएको बिर्तामोड सफाई अभियानका अभियन्ता विष्णु आचार्यले चिन्ता व्यक्त गरेका छन् ।

बिर्तामोडको मुख्य सडकमा थुप्रेको केही फोहोरको थुप्रोहरु ।

झापाको सहरहरु मध्ये बिर्तामोड व्यापारिक र व्यस्त सहरमा पर्छ । ठुला ठुला मल र व्यवसायीक केन्द्रहरु बनाईएको छ । पसल अगाडी सफा राख्न व्यवसायीहरुले फुटपातमा पनि पेवर्स, टायल्स लगाएर राम्रो बनाएका छन् । कतिपय ठाउँमा  टायल्समै पुग्ने गरि फोहोर जम्मा भएको छ । करोडौंको लगानीमा पसल श्रृगार गरिएको छ, अगाडी फोहोरको थुप्रोले पसल आउने बाटोनै बन्द भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर