सांकेतिक तस्वीर ।

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् । यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो ।

जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए । आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ ।
मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ । रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।

एजेन्सी
Views: 350

