Aamsanchar

काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको अमेरिका र बेलायतको चेतावनी

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाण्डौ –अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् । उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

काबुल विमानस्थलमा हजारौँ नागरिक उद्धारको पर्खाइमा बसिरहेका बेला दुई देशले सुरक्षा चुनौती सम्बन्धी चेतावनी निकालेका हुन् । अमेरिका र बेलायतले सुरक्षा चुनौतीबारे कुनै थप जानकारी भने दिएका छैनन् । यसअघि अमेरिकाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट आइएसका कारण सुरक्षाको चुनौती बढेको बताएको थियो ।

काबुलबाट अहिलेसम्म ८२ हजारभन्दा धेरैको उद्धार भइसकेको छ । तालिबानले आउँदो ३१ तारिखसम्म मात्रै उद्धारका लागि अनुमति दिने बताएको छ । अमेरिकाले सकेसम्म तोकिएको अवधिमा उद्धार सक्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर