Aamsanchar

अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाण्डौ – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली देशका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुन सक्ने अनुमान गरिएको छ ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, ‘काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । यति बेला विष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।’ आत्मघाती बम आक्रमणकारीहरूले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर