Aamsanchar

आजको मौसम

Author Image
सोमवार, भदौ १४, २०७८

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।

आज दिनभर भने देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसका साथै, आज दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर