Aamsanchar

अफगानिस्तानबाट बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदै

Author Image
मङ्गलवार, भदौ १५, २०७८

काठमाडौं – अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्।  अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्।

अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यसैबीच हालसम्म स्वदेश फर्किएका सबै नेपाली नागरिकहरु सरकारको सहयोगमा नभइ व्यक्तिगत पहलमा आएका छन्। सरकारले अफगानिस्तानमा अप्ठेरोमा परेका नेपाली नागरिकलाई सबैखाले उद्धार गरेको दाबी गर्दै आए पनि समन्वयात्मक भूमिका मात्रै खेलेको छ।

दुतावास, सम्बन्धित नियोग र विदेशी संघ संस्थाको पहल र आर्थिक सहयोगमा नेपाली नागरिकहरु स्वदेश फर्किएका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले परराष्ट्र मन्त्रालयको संयोजकत्वमा गठित समितिले समन्वय गरेर सबै दुतावास, सम्बन्धित नियोग, विदेशी संघ संस्था मार्फत उनीहरु स्वदेश आएका जानकारी दिए। उनकाअनुसार सरकारले समन्वयात्मक भूमिका खेले पनि आर्थिक सहयोग भने गरेको छैन्।

झण्डै दुई हप्ताअघि अफगानिस्तानमा विद्रोही संगठन तालिवानी लडाकुले सत्ता कब्जा गर्दा भएको हमलामा अन्य देशका नागरिकसँगै त्यहाँ रहेका नेपाली पनि प्रभावित भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर