Aamsanchar

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता, तालीवानले हवाई फायर गरी खुशियालाी मनाए

Author Image
मङ्गलवार, भदौ १५, २०७८

एजेन्सी- अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै अमेरिका त्यहाँबाट बाहिरिएको हो । अमेरिकी सेना फिर्ता भएपछि तालीवानले हवाई फायर गरी खुशियालाी मनाएका छन् । अमेरिकाले तालीवानले दिएको समायसीमा भित्रै उद्धारको मिसन पुरा गरेको बताएको छ भने तालिवानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपपि जो बाइडेनले आफ्ना सैनिकहरुलाई धन्यबाद दिएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफगानिस्तानबारे बोल्लदै उनले डरलाग्दो परिस्थितिमा पनि अमेरिकी सेनाले साहस र उदारता देखाएको भन्दै प्रशंसा गरे । अमेरिकाको अफगानिस्तान मिसन अमेरिकी सेनाको उदारतका कारण सफल भएको बाइडेनको भनाइ थियो । अफगानिस्तान तालिवानको कब्जामा गएपछि अमेरिकाले त्यहाँबाट १ लाख २० हजार अमेरिकी नागरिक, सहयोगी र अफगानी नागरिक लगायत अन्य सहयोगीहरुलाई उद्धार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफगानिस्तानमा अझै पनि सयौं नागरिक उद्धारको पर्खाइमा रहे पनि उद्धार गर्न नसकेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर