Aamsanchar

भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप, ज्यान गुमाउनेमा धेरैजसो बालबालिका

Author Image
बुधवार, भदौ १६, २०७८

 

काठमाण्डौ – भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । डाक्टरहरुले यसलाई रहस्यमय भाइरलको नाम दिएका छन् । उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् ।

ज्यान गुमाएकाहरुमा कोरोनाको संक्रमण नभएको पनि भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बिरामी बढ्दै गएपछि उत्तर प्रदेशका अस्पतालमा बेडको अभाव हुन थालेको छ । एउटै बेडमा दुई, तीन जना बिरामी राखेर उपचार गर्न थालिएको छ । भाइरल ज्वरोका बिरामीलाई निको हुन पनि १० देखि १२ दिन लाग्ने गरेको डाक्टरहरुले बताएका छन् ।

बिरामी बढ्दै गएपछि ग्रामीण क्षेत्रमा डाक्टरसहितको टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर