Aamsanchar

१७ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गर्ने २० वर्षीय युवक पक्राउ

Author Image
बुधवार, भदौ १६, २०७८

जनकपुरधाम – एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा जलेश्वर नगरपालिका–९ की १७ वर्षीया एक किशोरीले उजुरी दिएकी थिइन्। सोही समयदेखि फरार श्रेष्ठ मंगलबार अदालतमा हाजिर आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीका अनुसार शिवराजले २०७६ सालमा १६ वर्ष कै उमेरमा विवाह गर्ने आश्वासन दिइ यौन सम्बन्ध राखेको र उनी गर्भवती भएकाले विवाह गर्ने भने श्रेष्ठ फरार भएका थिए।

२०७६ पुसमा पेटमा बच्चासहित पुगेकी किशोरीले जिल्ला प्रहरीमा उजुरी दिएकी थिइन्। र‚ २०७६ चैत ३ गते अदालत धनुषामा मुद्दा दायर भएको थियो। ती युवतीले २०७७ भदौ ५ गते छोरा पाएकी छन्। अहिले १५ दिनको छोरासहित ती किशोरी अदालत र प्रहरीमा न्यायको लागि धाइरहेकी छन्।

पीडित किशोरीले २०७६ माघ १९ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को सहयोगमा प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालय जनकपुरका निःशुल्क कानुनी सहायता अधिकृत रिंकुकुमारी यादवको सहायतामा उजुरी दर्ता गराइएको थियो।

पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको थियो। तत्कालिन समयमा पीडित किशोरी १६ हप्ताको गर्भवती रहेको अस्पतालको रिर्पोटमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर