Aamsanchar

भैरी खोलाले बगाएर ल्याएको अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला

Author Image
बुधवार, भदौ १६, २०७८

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएको अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​ भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । गोगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका कोही छन् कि भनेर खोजबिन गर्दा समेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताउनुभयो ।​

ती महिलाले गौतमबुद्धको चित्र अंकित खैरो टीसर्ट र सुरुवाल लगाएको अवस्थामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर