Aamsanchar

कश्मीरका पृथकतावादी नेता सैयद अलीको निधन

Author Image
बिहिवार, भदौ १७, २०७८

काठमाण्डौ- कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो । तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहनु भएको थियो । सन् १९८९ मा सशस्त्र द्वन्द्व पछि उहाँसहित चार जमात नेताले राजीनामा दिएका थिए ।

उहाँले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । यही कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो ।

भारत सरकारले सन् १९८१ मा उहाँको पासपोर्ट पनि जफत गरेको थियो । तर, सन् २००६ मा हज यात्राका लागि भन्दै गिलानीलाई पासपोर्ट दिइएको थियो । गिलानीले कश्मीरलाई भारतको भाग नमानेकै कारण उहाँमाथि भारतले दबाब बढाएको उहाँका समर्थकको भनाइ छ ।

उहाँको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानीको निधनप्रति दुस्ख व्यक्त गर्दै एक दिनका लागि शोक र झण्डा आधा झुकाउने घोषणा गर्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर