Aamsanchar

आज नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी

Author Image
शनिवार, भदौ १९, २०७८

काठमाण्डौ – अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।

छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो । तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुनेरनहुने बारे केही खुलाइएको छैन । महिलाहरुले सरकारमा सहभागी हुन पाउने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर