Aamsanchar

अफगानिस्तान : पञ्जशीर प्रान्तमा जारी तालिबानविरुद्धको लडाइँमा एनआरफका शीर्ष नेताको मृत्यु

Author Image
सोमवार, भदौ २१, २०७८

काठमाडौं –अफगानिस्तानको पञ्जशीर प्रान्तमा जारी तालिबानविरुद्धको लडाइँमा अफगान नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का एक शीर्ष नेता मारिएका छन्। तालिबान लडाकुले पञ्जशीरमा घेरा हालेर जारी राखेको आक्रमणमा रेसिस्टेन्स फ्रन्टका नेता अहमद मसूदका नातेदारसमेत रहेका जनरल अब्दुल उदोद जरा मारिएका हुन्। साथै रेसिस्टेन्स फ्रन्टलाई साथ दिइरहेका अफगानी पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पञ्जशीर छोडेका छन्।

यसअघि तालिबानले काबुल कब्जा गरेपछि अफगानी सुरक्षा बल लिएर पञ्जशीर छिरेका पूर्व उपराष्ट्रपति सालेह तालिबानले घरमा आक्रमण गरेपछि हेलिकोप्टर चढेर भागेको बताइएको छ। अफगानिस्तानका विभिन्न सञ्चारमाध्यममा रेसिस्टेन्स फ्रन्टका प्रवक्ता फाहिम दास्तीसमेत मारिएको समाचार प्रकाशित भएका छन्।

यसैबीच पञ्जशीरमा तालिबानविरुद्ध लडिरहेका अहमद मसूद शान्ति वार्ताका लागि तयार भएका छन् केही दिनदेखि जारी लडाइँमा दुवैतर्फका सयौं लडाकु मारिएपछि मसूद शान्ति वार्ताका लागि तयार भएका हुन्। उनले शान्ति वार्ताका लागि धार्मिक नेताहरुलाई अघि बढाएका छन्।

धार्मिक नेताहरुले शान्ति स्थापनाका लागि तालिबानसँग वार्ता गर्ने जिम्मेवारी पाएका छन्। राजधानी काबुलबाट झण्डै दुई घण्टाको दूरीमा रहेको पञ्जशीर तालिबान विरोधीहरुको गढ मानिन्छ। तालिबानले गत अगस्टमा राजधानी काबुलसहित सबैजसो प्रान्तमा कब्जा जमाएको केही दिनपछि मात्रै पञ्जशीरमा आफ्ना लडाकु पठाएको थियो। यो बीचमा दुवै पक्षले पञ्जशीरमा आफ्नो उपस्थिति बलियो भएको दाबी गर्दै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर