Aamsanchar

अमेरिकाको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका हक्कानी अफगानिस्तानको गृहमन्त्री बने

Author Image
बुधवार, भदौ २३, २०७८

काठमाडौं – अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ ।

करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का नेता बनेका थिए । हक्कानी नेटवर्कले पछिल्ला वर्षहरूमा अफगान सुरक्षा बल र पश्चिमा गठबन्धनविरुद्ध अति हिंसात्मक आक्रमणहरू गरेको थियो ।

हक्कानी नेटवर्क त्यस क्षेत्रका शक्तिशाली लडाकु समूहहरूमध्ये एक हो । कतिपयले सो समूहलाई अफगानिस्तानमा इस्लामिक स्टेटभन्दा पनि प्रभावशाली मान्छन् । अमेरिकाले आतंकवादी संगठन भनेको सो समूहले लामो समयदेखि तालिबानको आर्थिक पाटो हेर्दै आएको छ । बीबीसीबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर