Aamsanchar

आजको मौसम

Author Image
बिहिवार, भदौ २४, २०७८

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर