Aamsanchar

आजको राशीफल (२५ भदौ २०७८, शुक्रवार)

Author Image
शुक्रवार, भदौ २५, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्राको योग पनि छ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नामा आउला ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज धर्म कर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाईनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर