Aamsanchar

आजको राशीफल (२६ भदौ २०७८, शनिवार)

Author Image
शनिवार, भदौ २६, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी या कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाईने छ । रमणीय र सुखद यात्राको योग छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यात्राको योग पनि छ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो,प, नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर