Aamsanchar

संखुवासभामा भएको एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई सार्बजनिक गरिँदै

Author Image
आइतवार, भदौ २७, २०७८

संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। हत्यामा संम्लग्न देखिएका लोकबहादुरलाई बिहान १० बजे चैनपुरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीका डीएसपी रुगम कुँवर समेत उपस्थित हुने डिएसपी सुवेदीले बताए। हत्यामा संलग्ग्न भएका लोकबहादुरलाई शनिबार पक्राउ गरिएको हो।

गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।  घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो। ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ। लोकबहादुर मृतक तेजबहादुरका भतिजा हुन्। लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्की डिप्रेसनको औषधि खाइरहेका थिए। 

लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।

हत्यारा समात्न डिआइजी आफै घटनास्थलमा 

सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी आफै घटनास्थल पुगेका थिए।  डिआइजी बिसी घटनाको अनुसन्धान गर्ने बुधबार घटनास्थलमादी–१ खोला गाउँमा आइपुगेका हुन्।  त्यस्तै गरी हत्या प्रकरणका अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली लिएर डीएसपी रुकमबहादुर कुँवर सहितको टोली मंगलबार घटनास्थल आइपुगेको थियो। अनुसन्धानको क्रममा मृतकको  घर भित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रुपियाँ र केही सुनका गरगहना सुरक्षित रुपमा फेला परेको थियो। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर