Aamsanchar

तीज कार्यक्रममा सामूहिक झडप हुँदा ७ जना घाइते

Author Image
आइतवार, भदौ २७, २०७८

धनगढी-  कञ्चनपुरमा आयोजित तीज कार्यक्रममा सामूहिक झडप हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा शनिबार राति झडप भएको हो। घाइतेमध्ये ४ जना सिकिस्त रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) कर्णबहादुर बोहराले बताए। कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई सिकिस्त रहेको उनले बताए।

टाउकोमा चोट लागेका उनीहरू सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ। यस्तै, झडपमा कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए। कुटपिटमा संलग्न अन्य फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर