Aamsanchar

इटहरीबाट तिनजना महिला स्वयंसेविकाको विदाई

Author Image
आइतवार, भदौ २७, २०७८

इटहरी । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।

६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आज आयोजित एक कार्यक्रमका बिच विदाई गरेका हुन् ।
विदाई हुने स्वास्थ्य स्वमसेविकाहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको थियोे ।

विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गरेका थिए । प्रमुख चौधरीले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।”

इटहरीमा १सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर