Aamsanchar

इजरायलमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा

Author Image
सोमवार, भदौ २८, २०७८

 

काठमाडौं- इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन् । परीक्षा ब्यबस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो । वैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरायल आकर्षक मुलुकमा पर्दछ ।

रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।

भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ । वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएको छ ।

प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको निर्देशक कमलप्रसाद ज्ञवालीले बताउनुभयो । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ । बैदेशिक रोजगारीका क्रममा जापान, कोरिया गइसकेका अधिकांश युवाहरुले फर्म भरेको बुझिएको छ । ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर