Aamsanchar

दुई आवासीय भवनमा चट्याङ पर्दा १४ जनाको मृत्यु

Author Image
सोमवार, भदौ २८, २०७८

काठमाडौं – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् । यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वषरका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो । सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर