Aamsanchar

झापामा पोखरीमा डुवेर प्रहरी जवानको मृत्यु

Author Image
सोमवार, भदौ २८, २०७८

झापा- झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा निर्माण गरेको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । धनकुटा पाख्रीबास १४ घर भई प्रहरी चौकी पिन्डलबारीमा कार्यरत गिरी एरीया गस्ति गरी फर्कने क्रममा चौकी नजिकै रहेको पोखरीमा नुहाउन पसेका थिए । सोही पोखरीमा डुवेर उनको मृत्यु भएको छ ।

पोखरीमा डुबेपछि पिन्डलबारीबाट प्रहरी टोली खटिएको थियो । उद्धार लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ११ः४५ बजे मृत अबस्थामा फेला पारेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर