Aamsanchar

खैरोहिरोईनसहित झापामा २ जना पक्राउ

Author Image
मङ्गलवार, भदौ २९, २०७८

झापा- झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर