Aamsanchar

अखिल क्रान्तिकारी झापाको अध्यक्षमा रन्जन धमाला चयन

Author Image
बुधवार, भदौ ३०, २०७८

बिर्तामोड- अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको झापा अध्यक्षमा रन्जन धमला सर्बसम्मत चयन हुनुभएको छ ।
आज बिर्तामोडमा भएको विद्यार्थी संगठनको १७ औ जिल्ला सम्मेलनले धमलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्दिप प्रसाई, नविन सिटौला, पुजा कडेँल, सुरेन्द्र गिरि, लक्ष्मी नेपाल रहनुभएको छ । यसैगरि सचिवमा राजन चापागाई,सहसचिवमा गंगा बस्नेत, अबिजित दवाडी र सेखर भट्टराई र कोषाध्यक्षमा प्रतिमा गड्तौला रहनुभएको छ । अन्य सदस्यहरु रहनुभएको छ ।

यसअघि भएको उदघाटन कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष रन्जित तामाङ्गले अवको स्थानीयदेखि संघिय निर्वाचनमा कम्तीमा देश केपी ओली मुक्त बनाउन देशका लाखौ विद्यार्थी अखिल क्रान्तिकारीले उर्ताने उदघोष गर्नुभयो । देशमा कम्तीमा शिक्षा स्वास्थ जस्ता आधारभुत कुराहरुको जिम्मा सरकारले लिनुपर्ने र ओलीको नेतृत्वमा देशमा गफको पुलिन्दा वाहेक केहि हुन नसकेको आरोप तामाङ्गको रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य झलकसिंह दर्लामी शन्देश, पार्टीका झापा जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग बिजय , अखिल क्रान्तिकारीका केन्द्रिय सचिव मदन भट्टराई, पार्टीका प्रदेश सदस्य मोहन टुडु लगायातले मन्तव्य शुभकामना राख्दै झापाली अखिल क्रान्तिकारीहरु विद्यार्थी उत्पादनको कारखाना भएको भन्दै कसैलाई पनि कम्युनिष्टको नाममा ओली बन्न छुट नभएको बताउँनुभयो । कार्यक्रम अखिल क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा भएको थियो ।

यसअघि संगठनले अखिल क्रान्तिकारीकी झापाकी संस्थापक अध्यक्ष धर्मशीला चापागाई लगायात सबै जिल्लाका अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । सम्मेलनमा झापाका १५ थानीय तहका विद्यार्थीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 527

प्रतिक्रिया (०)

सम्बन्धित खबर