Aamsanchar

तुलसीपुर स्थित हावाहुरी प्रभावित क्षेत्रमा मेयरद्वारा निरिक्षण

Author Image
बुधवार, भदौ ३०, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले हावाहुरी प्रभावित किसानको बारी निरिक्षण गरेका छन् । मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा डेढ विघाह क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु¥याएपछि नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर क्षेतिको जानकारी लिएका हुन । किसानहरुलाई नआत्तिन सुझाउँदै नगर प्रमुख पाण्डेले कृषि प्राविधिकलाई क्षेतिको एकिन मुल्याङ्कन गर्न लगाएर आवश्यक राहतका लागि प्रकृया अघि बढाउने आस्वसन दिएका छन् ।  तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विक पनि नगर प्रमुख पाण्डेसंगै पिडित किसानकोमा पुगेका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगर पालिकाको सहयोगमा गएको चैत्रमहिनादेखि तरकारी ब्लकको रुपमा त्यहाँका २५ घरधुरी किसानले व्यवसायीक तरकारी खेति गर्दै आइरहेका छन् । जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतिमा हावाहुरीले पूर्णरुपमा क्षेति पु¥याएको छ । हावाहुरीले ४० लाख बढीको क्षेति पुर्याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिएका छन् ।  हावाहुरीले लटरम्म फलेका टमाटरका बिरुवा ढालेको छ भने टमाटरलाई छोपेका टनेल उडाएर क्षेति पुर्याएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर