काठमाण्डौ –भारतमा डेङ्गीको प्रकोप फैलिएको छ । उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो तीन हप्तामा उत्तर प्रदेशको कानपुरमा मात्रै डेङ्गीका कारण १३ जनाको ज्यान गएको छ । यस्तै मध्यप्रदेशमा डेङ्गीका बिरामी बढ्दै गएका छन् । त्यहाँ हरेक दिन औसतमा १ सयभन्दा धेरै बिरामी थपिने गरेका खबरमा उल्लेख छ ।
गएको जनवरीदेखि अहिलेसम्म २० हजार नमुना परीक्षण गरिएकोमा झण्डै चार हजार जनालाई डेङ्गी भएको पुष्टि भएको छ । यो सेप्टेम्बर महिनामा मात्रै मध्यप्रदेशमा २ हजारभन्दा धेरै डेङ्गीका बिरामी भेटिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 128