Aamsanchar

अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

Author Image
बुधवार, असोज ६, २०७८

काठमाडौं – अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको थियो । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।

केही ठाउँमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन र अप्ठेरो परे उद्दारका लागि तयार रहेको त्यहाँको सरकारले बताएको छ । भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर