Aamsanchar

राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन तालिबानको आग्रह

Author Image
बुधवार, असोज ६, २०७८

काठमाण्डौ – अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ ।

तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउने खबरमा उल्लेख छ । समितिमा अमेरिका, चीन र रुससहितका नौ देशहरू छन् ।

कतारले विश्व नेताहरूलाई तालिबानलाई संलग्न गराउन भनेको छ । तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ । साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर