Aamsanchar

माइधारमा टिपरको ठक्करबाट १ जनाको मृत्यु,गलत ठाउँमा ट्राफिकले चेकजाँच गरेको भन्दै राजमार्ग अवरुद्ध

Author Image
सोमवार, असोज ११, २०७८

पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन्। सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका-९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो।

टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो। माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर