Aamsanchar

ठुलो परिणाममा ब्राउन सुगरसहित कनकाईका २ जना युवा पक्राउ

Author Image
मङ्गलवार, असोज १२, २०७८

झापा झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ पञ्चकन्या प्लटिङमा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु एक थान, canon  लेखेको डिजिटल क्यामेरा १ थान र प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर