Aamsanchar

भारतले कोभिडका कारण मृत्यु भएकाको परिवारलाई ५० हजार भारु क्षतिपूर्ति दिने

Author Image
मङ्गलवार, असोज १९, २०७८

बीबीसी –भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेको छ । भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि सर्वोच्च अदालतले यस्तो निर्देशन दिएको हो ।

भारतमा कोभिडका कारण हालसम्म ४ लाख ४७ हजारले ज्यान गुमाएका छन् । तर विज्ञहरुले वास्तविक तथ्यांक यो भन्दा दश गुणा बढी हुन सक्ने बताइरहेका छन् ।

सोमबार यसबारे घोषणा गर्दै जस्टिस एमआर शाहले आवेदन दिएको एक महिना भित्रै मृतकका परिवार या आफन्तले क्षतिपूर्ति रकम प्राप्त गर्ने बताएका हुन् । यसमा सरकारले कति खर्च गर्नुपर्ला भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ ।

न्यिदब िदबलप
कर्नाटक लगायत केही स्टेटले चाहिँ कोभिडबाट मृत्यु भएका गरिब परिवारलाई एक लाख भारतीय रुपैँयासम्म क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । रिपोर्टका अनुसार १६ त्यस्ता परिवारले क्षतिपूर्ति रकम पाइसकेका छन् ।

Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर