Aamsanchar

सेयर कारोबार आज नहुने

Author Image
बिहिवार, असोज २१, २०७८

बिहीबार धितोपत्र(सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ ।

आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एकैपटक आइतबार मात्र बजार खुल्नेछ । गत बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१।१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर