Aamsanchar

झापामा एकै दिन दुईवटा अनलाइन न्यूज पोर्टल उद्घाटन

Author Image
बिहिवार, असोज २१, २०७८

बिर्तामोड । परिवेश डिजिटल मिडिया प्रालिले पोर्टल सञ्चालनमा ल्याएको हो । बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले मानिसको प्रविधिप्रतिको बढ्दो चाख र समय समयमा आइपर्ने प्राकृतिक विपत्तिसमेतमा नागरिकको सुसूचितहुने अधिकारको सम्मान गर्दै न्यूज पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।

लोकतन्त्रको संस्थागत विकास र सुसाशनको पक्षमा सदैव लागिरहने मिडियाका सम्पादक पुष्प खड्काले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि अन्यसबै क्षेत्र, वर्ग, लिङ्ग, विचार, धर्म आदिका समाचारहरुलाई स–सम्मान सम्प्रेषण गरिने उनले बताए । खड्काले सम्पूर्ण पाठक, विज्ञापनदाता तथा सुभेच्छुकहरुलाई सहयोग र सहकार्यका लागि आह्वान गरे ।

बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिककका प्रधानसम्पादक एकराज गिरी लगायत अतिथीहरुले पोर्टलको शुभारम्भ गर्नुका साथै शुभकामना दिएका थिए ।

त्यसैगरी आजै शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

प्रालिले घटस्थापनाको अवसर पारेर विहिवार दुर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रालिको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

दुई महिना अघिदेखि सञ्चालनमा आएको शब्दपत्रको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए । अवका दिनहरु अनलाइन पत्रकारिताकै पक्षमा भएको भन्दै प्रमुख अतिथि समेत रहेका गिरीले पठनिय र गुणात्मक समाचारमा शब्दपत्र एककदम अगाडी रहेको बताए ।

झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले सवै प्रकारका समाचारलाई प्रकाशन प्रशारण गर्दै आएको छ भने स्थानीय समाचारलाई प्राथमिकतामा राखेर छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर