Aamsanchar

नेपाल राष्ट्रिय बंगाली समाज झापा गठन

Author Image
शुक्रवार, असोज २२, २०७८
झापा –नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली समाज झापा गठन गरेका हुन । जिल्ला कार्य समितिको उपाध्यक्षहरूमा नगेन साहा, सञ्जय सरकार, जयन्ती मानी, सचिवमा रवीन्द्र घोष (रविन), सहसचिवमा चित्र मोहन बर्मनलाई सर्वसम्मत रुपमा चयन गरेका छन् । त्यस्तै सदस्यहरूमा गोविन्द साहा, विश्वजित देव, गोविन्द मण्डल, कार्तिक मण्डल, रमेश राजवंशी चयन भएका छन् ।
कोषाध्यक्ष र अन्य सदस्यहरूलाई जिल्ला कार्य समितिको बैठकले पूर्णता दिने जनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ का अध्यक्ष सुजीतकुमार चेलको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विप्लव घोष, केन्द्रीय सचिव सञ्जय बरुवा, केन्द्रीय सदस्यहरू प्रमोदकुमार चक्रवर्ती, अनुप राय, सुरेन्द्रकुमार कविरथ, निर्मलकुमार मण्डल, कला, संस्कृति तथा साहित्य विभागका संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विद्धानन्द नन्दी लगायतको उपस्थिति रहेको केन्द्रीय सदस्य पार्थ मण्डलले जानकारी दिए ।
देशभर छरिरहेका रहेका बंगाली समुदायको हकअधिकार सुनिश्चिततासँगै कला, संस्कृति तथा मातृभाषा संरक्षणका लागि केन्द्रीय समितिले अहिले मुलुकभर अभियान थालेको छ । सोही अभियान अन्तरगत जिल्ला तथा स्थानीय तहगत समिति गठन कार्यलाई तीव्रता दिएको छ । केन्द्रीय समितिले अन्य जातजाति जस्तै बंगाली समुदायको लागि पनि छुट्टै आयोग गठन गर्नु पर्ने सरकारसँग माग समेत राखेको छ । 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर