Aamsanchar

किसानलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् : मौलिक जरोकिलो

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

अचानक परेको बेमौसमको वर्षाको कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसानहरू मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बिउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक पटक भोगेका नेपाली किसानहरूले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ ।

कोरोना संक्रमणपछि तङ्ग्रिन थालेको मुलुकको अर्थतन्त्रलाई यो घटनाले असर पार्ने देखिन्छ । त्यस्तै, खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले जनाएको छ । तङ्ग्रिन थालेको अर्थतन्त्रलाई टेवा दिन र संकटमा परेका किसानको क्षतिपूर्ति बहन गर्ने राहत कार्यक्रम घोषणा गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग जोडदार माग गर्दछ । अधिकांस साना किसानहरूको पहुँचमा कृषि बीमा नपुगेको हुँदा झनै संकट व्यहोर्नु परेको भन्दै बीमालाई सहज र सुलभ बनाइ साना किसानहरूको पहुँचमा ल्याउने व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

समस्या परेपछि टालटुल किसिमको प्रतिक्रियात्मक रूपमा समाधान गरिने अहिलेको कृषि प्रणाली विस्थापन गरी पार्टीले निर्माण गरेको पर्यावरणीय कृषि नीतिको अवलम्बन नै नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालिन समाधान र नेपालको कृषि क्षेत्रको पुनर्जागरणको एक मात्र उपाय हो भनेर मौलिक जरोकिलो पार्टी, कृषि विभागले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)