Aamsanchar

नेपालमा फेरी बढ्यो कोरोना संक्रमणको दर

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ प्रतिशतमा सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिन सङ्क्रमण दर ५ देखि १० प्रतिशतको बीचमा रहेकोमा आज मङ्गलवार बढेको हो ।

यस्तै थप एक हजार चार जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८३ हजार तीन सय ९७ पुगेको छ । नेपालमा अहिले ११ हजार आठ सय ८५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा १२ सङ्क्रमितले ज्यान गुमाएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय पाँच पुगेको छ । अहिलेसम्म एक करोड ५० लाख मात्रा कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । यसमध्ये ८५ लाख ६२ हजार तीन सय ६५ जनाले पहिलो मात्रा र ६४ लाख ८५ हजार नौ सय २३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर