Aamsanchar

आजको राशीफल (३ कार्तिक २०७८, बुधवार)

Author Image
बुधवार, कार्तिक ३, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न पनि गर्न सकिनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर