Aamsanchar

अमेरिकाको टेक्ससमा विमान दुर्घटना

Author Image
बुधवार, कार्तिक ३, २०७८

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ। म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको सिएननले जनाएको छ। दुर्घटनामा सवार सबै यात्रु सुरक्षित रहेका छन्। ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन्। ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर