Aamsanchar

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको पुष्टि

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाण्डाै – उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको आधिकारिक पुष्टि भएको छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू भएको जनाएको छ । यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको भेसलुबाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको खबरमा उल्लेख छ । नेता किम जोङ क्षेप्यास्त्र परीक्षणका बेला उपस्थित नरहेको बुझिएको छ ।

यसअघि हिजो जापान र दक्षिण कोरियाली अधिकारीले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको जनाएका थिए । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र एकदमै दुःखद कार्य भनेर टिप्पणी गर्नुभएको थियो । संयुक्त राज्य अमेरिका र जापानले पनि क्षेप्यास्त्र परीक्षणको आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर