Aamsanchar

आजको राशीफल (४ कार्तिक २०७८, बिहिवार)

Author Image
बिहिवार, कार्तिक ४, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर