Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
बिहिवार, कार्तिक ४, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ ।
४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, विर्तामोड र अर्जुनधारामा २–२, कमल गाउँपालिकामा १, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर