Aamsanchar

नेपालबाट भारततर्फ चरेस लाँदै गर्दा एक महिला पक्राउ

Author Image
शनिवार, कार्तिक ६, २०७८

कलैया – लागुऔषध चरेस नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सीमानामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेबी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेस रहेको थियो । बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ ।

पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)